रुसमा हेलिकप्टर दुर्घटनाः ५ जनाको मृत्यु, २ जना घाइते


२३ कार्तिक २०८२, शनिबार १०:५६ मा प्रकाशित


रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रवार एक निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ ।

स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए । जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ ।दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना सवार रहेको पुष्टि गरेका छन् ।

सम्बन्धित अधिकारीहरूले दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको उल्लेख गरे । अधिकारीहरूले रिपोर्ट गरे कि का–२२६ हेलिकप्टर ठोक्किँदा आगलागी भएको थियो । पूर्णरूपमा ध्वस्त भएको थियो । क्षेत्रीय आपतकालीन सेवाहरूले उडानको इन्जिनमा आगो लागेको कारण दुर्घटनाको प्राथमिक कारण मानिएको छ ।

दागेस्तानका लागि रूसी आपतकालीन मन्त्रालयको मुख्य निर्देशनालयले एक विज्ञप्तिमा भनेको छ कि किज्ल्यारबाट इज्बरबाश जाँदै गरेको निजी हेलिकप्टर बसोबास नभएको घरमा ठोक्किएको थियो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here