हंगेरीहरूलाई वाह्य हस्तक्षेप विरुद्ध राष्ट्रको साथमा उभिन ओर्बानको आह्वान


९ कार्तिक २०८२, शनिबार ११:०९ मा प्रकाशित


हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १९५६ को क्रान्तिको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित ¥यालीमा वाह्य हस्तक्षेप विरुद्ध राष्ट्रको साथमा उभिन हंगेरीहरूलाई आह्वान गर्नुभएको छ ।

संसदको अगाडि समर्थकहरूलाई सम्बोधन गर्दै ओर्बानले हंगेरीहरूले विदेशी दबाबको विरुद्धमा बारम्बार आफ्नो राष्ट्रको स्वतन्त्रताको रक्षा गरेको बताउनु भयो । दशौं हजार हंगेरीहरू ओर्बानको सरकार र हंगेरीलाई युक्रेन द्वन्द्वबाट बाहिर राख्ने अडानलाई समर्थन गर्न बुडापेस्टमा सत्तारूढ फिडेज पार्टीको परम्परागत शान्ति मार्च मा सामेल भएका थिए ।

ओर्बानले हंगेरी पहिले ट्याङ्कहरूले कब्जा गरेको र अब जबरजस्तीको उपकरणको रूपमा आर्थिक प्रतिवन्धहरू सामना गरिरहेको बताउनु भयो । युक्रेन संकटमा युरोपेली संघको अडानको आलोचना दोहो¥याउँदै प्रधानमन्त्रीले आफूहरु युद्धमा नजाने र युक्रेनको लागि नमर्ने बताउनु भयो । हंगेरीले शान्तिको पक्षमा आफ्नो अडान लिएको स्पष्ट पार्नुभयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here