काठमाडौं । दीपावलीसँगै मिथिलाञ्चलमा छठ पर्वको तयारी शुरु भएको छ ।
बाँसका सामग्री बनाउने डोम समुदाय नाङ्गलो, डालो, पनपतिया, छिटी र सुप जस्ता सामान बनाउन व्यस्त छन् । यी सामग्री छठको अघ्र्यमा प्रसाद राख्न प्रयोग हुन्छन् । तर पछिल्लो समय यी सामग्रीले बजार नपाउँदा डोम समुदाय चिन्तित छ ।
बाहिरबाट सस्तोमा किनेर ल्याएका अन्य जातिका व्यापारीले विक्री थालेपछि समस्या बढेको उनीहरू बताउँछन् । बाँसको सामग्री बनाउने डोम समुदायको पेशा भएपनि अन्य जातका व्यक्तिहरु बाहिर बाहिरबाट किनेर ती सामाग्रीहरु विक्री गर्न थालेपछि समस्या भएको उनीहरु सुनाउँछन् ।
पहिले डोम समुदायले नै बनाएको बाँसको सामग्री प्रयोग गरिन्थ्यो तर अहिले पित्तलको सामाग्री प्रयोग हुन थालेपछि आय आर्जनको माध्यम नै बन्द भएको छ । त्यसैले पनि डोम समुदायका युवाहरु यो पेशा छोडेर वैदेशिक रोजगारी तर्फ आर्षित हुन थालेका छन् ।
उपभोक्ताहरू पनि गुनासो गर्न थालेका छन् । बाँसका सामग्रीको मूल्य आकाशिएको भन्दै उनीहरू बाहिरबाट किन्न बाध्य छन् । छठको समयमा डोम समुदायले बनाउने बाँसको कलात्मक सामाग्री प्रयोग हुने भएपनि पछिल्लो मूल्य आकाशिँदै गएको गुनासो उपभोक्ताहरुको छ । त्यसैले पनि यहाँका उपभोक्ता बाहिर बाहिर गएर बाँसको छिटी, सुप लगायतका सामाग्री किन्न बाध्य हुनुपरेको भनाई उपभोक्ताहरुको छ ।
छठमा पवित्रताको प्रतिक बाँसका सामग्री बनाउने डोम समुदाय समाजको मूलधारमा आउन सकेको छैन ।






