माधव नेपालसहितका समाजवादीका नेताहरुलाई ओलीको आह्वानः चौतारी खोज्न नजानुस्, तपाईंले बनाएकै पार्टीमा आउनुस्


२९ आश्विन २०८२, बुधबार १४:०१ मा प्रकाशित


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका पार्टी परित्याग गरेर जाने नेताहरुलार्य एमालेमै फर्किन आह्वान गर्नुभएको छ ।


बुधवारबाट ललितपुरमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले विगतमा घर छोडेर अन्यत्र विभिन्न कारणले जानु परेको भएपनि अब फर्किने बेला भएको बताउनु भयो ।

सबै मिलेर नेकपा एमाले पार्टी निर्माण गरेको भन्दै अध्यक्ष ओलीले पार्टी निर्माणमा गरेको योगदान स्मरण गरेर मूल घरमा फर्किन आग्रह गर्नुभयो । समाजवादी पार्टीका नेताहरु छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुम्बा बोकेर बसिरहेको भन्दै आफैँले बनाएको पार्टी हुँदाहुँदै आश्रय खोज्दै नहिँड्न आग्रह गर्नुभयो ।

एमाले फुटाएर बनेको नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने समाचार आइरहेका छन् । माओवादी नेताहरुले यसबारे पदाधिकारी बैठकबाटै निर्णय गरेर पार्टी एकताको प्रयास जारी रहेको बताइसेका छन् । कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्नु क्षणिक हुने टिप्पणी गर्नुभयो । अहिले पनि एमाले साढे ६ लाख सदस्य, २३ वटा महासंघ भएको पार्टी रहेको दाबी गर्नुभयो । 

अध्यक्ष ओलीले पार्टीभित्र सुदृढ एकता हुनुपर्ने बताउनु भयो । अफ्ठ्यारो र असहज परिस्थितिमा सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here