मधेस प्रदेश सरकारबाट बाहिरियो काँग्रेस


८ आश्विन २०८२, बुधबार १७:०७ मा प्रकाशित



काठमाडौं । नेपाली काँग्रेस मधेस सरकारबाट बाहिरिएको छ ।


जनकपुरमा आज बिहान बसेको काँग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सतिसकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समर्थन फिर्ता लिएसँगै काँग्रेसले औपचारिकरुपमा आजै सरकारबाट बाहिरिने निर्णय गरेको काँग्रेस संसदीय दलले पुष्टि गरेको छ । काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले बैठकबाट मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here