संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री खनालद्वारा पदभार ग्रहण


७ आश्विन २०८२, मंगलवार १७:२९ मा प्रकाशित



काठमाडौं ।
अर्थमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्नुभएको छ ।


मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा उहाँले संघीय मामिला मन्त्रालयको पदभार ग्रहण गर्नुभएको हो । सोमवार मन्त्रीपरिषद् विस्तारका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलमा हेरफेर समेत गर्नुभएको थियो ।

अर्थमन्त्री खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिनुभएको थियो । जसअनुसार मंगलवार मन्त्री खनालले मन्त्रालयको पदभार ग्रहण गर्नुभएको हो । जेन—जी पुस्ताको आन्दोलनसँगै बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ७ सदस्यीय मन्त्रीपरिषद् विस्तार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here