संविधान रक्षार्थ आन्दोलन शुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत


२६ भाद्र २०८२, बिहीबार १०:४५ मा प्रकाशित


काठमाडौं । काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । 
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । काठमाडौंको माईतीघर, कालीमाटी, नक्शाल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरुमा सेनाले गस्ती गरिरहेको छ ।

साथै सवारी साधनमा हिँड्नेहरुलाई चेकजाँच गरिरहेको छ । उनीहरुलाई सोधपुछ गरेर मात्रै आवश्यक कामका लागि जान दिएको छ भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ । संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरुले आन्दोलन गर्ने समाचारहरु बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरु खटिएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here