संसदीय सुनुवाई समिति सभापति खतिवडाको प्रतिवद्धताः गलत ढंगले आए संवैधानिक परिषद्को सिफारिस पनि अस्वीकार गरिन्छ


२३ भाद्र २०८२, सोमबार १७:०२ मा प्रकाशित

काठमाडौं- खतिवडाले यसअघि कुलिङ पिरियड छेडखानीमा संसदीय विशेष छानविन समितिले नैतिक जिम्मेवार ठहयाएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिनुभएको थियो ।  संसदीय सुनुवाई समितिमा निर्विरोध निर्वाचित रामहरी खतिवडाले गलत ढंगले आए संवैधानिक परिषद्को सिफारिस पनि अस्विकार गर्ने बताउनुभएको छ ।
संसदीय सुनुवाई समितिको सभापतिको शपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले कसैको डर, प्रभाव र दवावमा नपरी निष्पक्षताका साथ आफूले काम गर्ने पनि स्पष्ट पार्नुभयो । आफूले राज्य व्यवस्था समितिको सभापति हुँदा कुनै गल्ती नगरेको जिकिर गर्नुभयो । उहाँले देश र जनताको हितमा समर्पित भएर समितिका काम कारबाही अघि बढाउने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here