सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु


२२ भाद्र २०८२, आईतवार १३:४२ मा प्रकाशित

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

खडक नगरपालिका–११ का ३५ वर्षीय अजयकुमार साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।  

आफ्नै खेतमा पानी पटाउन जडान गरिएको मोटरबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here