झापाको बुद्धशान्तिमा थारू समुदायको जिल्ला स्तरिय जितिया महोत्सव २०८२ सम्पन्न भएको छ ।
बुद्धशान्ति ५ आयाबारि स्थित जनज्योति आधारभुत विद्यालयको प्राङ्गणमा शनिबार एक कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न गरेको हो । थारू कल्याणकारिणी जिल्ला कमिटिको आयोजना साथै बुद्धशान्ति गाउँ कमिटिको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
थारू कल्याणकारिणी बुद्धशान्ति गाउँ कमिटि अध्यक्ष फुल कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धशान्ति गाउँपालिका कार्य बाहक अध्यक्ष डेगेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
यश जितिया पर्वलाई थारू समुदायको विशेष पर्वका रूपमा मनाइने भएको हुँदा यस्तो मिलन कार्यक्रमले थारू समुदायबीचको आत्मीयता र सहकार्यलाई थप बलियो बनाउने भएकाले कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

कार्यक्रमलाई सम्बोदन गर्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका कार्य बाहक अध्यक्ष डेगेन्द्र कार्कीलेले थारू समुदायका महिलाहरूको विशेष जितिया पर्व महोत्सव २०८२ लाई शुभकामना दिदै यश माहान पर्बलाई मौलिक परम्परा र सामाजिक मूल्य मान्यतामा रहि सभ्य र भब्य रूपमा मनाउन अनुरोध गर्नु भयो ।
उहाँले वडा र पालिकाको सहकार्यमा आगामि दिनका आफुले सकेको सहयोग गर्दै जाने बताउनु भयो । कार्यक्रममा थारू समुदायको पहिचान झल्कने भेष भुषाका साथ महिला दिदिबहिनी हरुले विभिन्न जितिया पर्व विशेष नृत्य गायन संगिनि ,सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
थारू कल्याणकारिणी जिल्ला सदस्य वबिता चौधरीले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रममा थारू कल्याण कारिणी पुर्ब केन्द्रीय सदस्य हरिनारायण चौधरी केन्द्रीय सदस्य श्री प्रसाद चौधरी ,भुपु केन्द्रीय सदस्य बच्चेलाल चौधरी लगायतले लगायले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याउनुहुने थारू समाजका जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको गरेको थियो ।
कार्यक्रममा विभिन्न पाटीका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि वडाका जनप्रतिनिधि लगायतको बाक्लो उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सन्चालन स्थानिय शिक्षक राम कुमार चौधरी
र टोल कमिटी उपाध्यक्ष रामा कान्त चौधरीले गर्नु भएको थियो ।






