काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले अराजकता, अनियमितताहरुलाई सरकारले प्राथमिकता दिन नसक्ने बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिको बैठकमा बुधवार हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल भएको हो ।
छलफलमा भाग लिँदै उहाँले सरकारमा बसेपछि एउटा सर्वाङ्गिण दृष्टिकोण राख्न जरुरी रहेको बताउनु भयो । उहाँले वायुसेवालाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व सरकारको भएको बताउनु भयो । यसलाई ध्यान नदिए एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति रहेको बताउनु भयो ।
सांसद साउदले नेपालमा भइरहेका हवाई दुर्घटनालाई सामान्य रुपमा लिन नहुने बताउनु भयो ।






