बिर्तामोड । अखिल नेपाल महिला संघ ६ नम्बर वडा कमिटी बिर्तामोडले हरितालिका तीजको उपलक्ष्यमा सामाजिक उत्तरदायित्वपूर्ण कार्य गर्दै बिरामीलाई सहयोग रकम हस्तान्तरण गर्नुका साथै सम्मान कार्यक्रम गरेर तिज मनाएको छ ।
अनेम सङ्घकी अध्यक्ष सन्ध्या चापागाईंको अध्यक्षतामा तथा अनेम सङ्घ झापा जिल्ला कमिटी सदस्य एवं बिर्तामोड नगर इन्चार्ज भागीरथ आचाय घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न तीज मिलन कार्यक्रममा बिर्तामोड नगरपालिका–६ शीतलनगर टोलकी २८ वर्षीय सरिता बिश्वकर्मालाई रु. ११ हजार ७ सय नगद सहयोग हस्तान्तरण गरिएको हो ।

बिक २ बर्षदे (ब्रेस्ट क्यान्सर) रोगसँग संघर्षरत हुनुहुन्छ । उहाँ हाल विएण्डसी हस्पिटलमा उपचाररथ हुनुहुन्छ । उहाँले सबैलाई सहयोग गरिदिनुहुन पनि अपिल गर्नुभयो । उहाँका श्रीमान जगत बहादुर विश्वकर्माले पनि उपचार सहयोग गरिदिन आग्रह गर्नुभयो ।

आज एक कार्यक्रमका बिच उहाँको उपचारमा केही राहत पुगोस भन्ने उदेश्यले सोही रकम हस्तान्तरण गरिएको आयोजक संस्थाले जनाएको छ । सोही अवसरमा एसईई उत्तीर्ण विद्यार्थीका आमाहरूलाई सम्मान समेत गरिएको थियो ।
साथै सोही अवसरमा तीज पर्वको उपलक्ष्यमा उनीहरूलाई चुरापोते लगायतका सामग्री हस्तान्तरण गरी सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भागीरथ आचार्यले महिलाहरूको सामाजिक भूमिकालाई अझ सशक्त बनाउन यस्ता कार्यहरूले महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नुभयो ।
अध्यक्ष सन्ध्या चापागाईंले तीज केवल नाचगानमा सीमित नभई एक–अर्काप्रति सहयोग, सहानुभूति र सामाजिक उत्तरदायित्व जोड्ने पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महिला सङ्घका पदाधिकारी र सदस्यहरू सक्रिय सहभागिता जनाउनुभएको थियो ।
सहभागीहरूले तीज पर्वको सांस्कृतिक महत्वबारे चर्चा गर्दै महिला एकता, आपसी सहयोग र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अनेम संघ नगर कमिटि बिर्तामोड अध्यक्ष यसोदा प्रसाई भट्टराई, नगर कमिटि सदस्य कुशुम पौडेल लगायतको उपस्थिीति रहेको थियो ।
बिर्तामोड नगर कमिटि सदस्य आशा राईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाकी सचिव हेमा खडेकाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।






