५० हजार पारिश्रमीकका लागि युवा विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्छः अध्यक्ष लिङदेन


१ भाद्र २०८२, आईतवार १७:०६ मा प्रकाशित


काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ५० हजार रुपैयाँ पारिश्रमीकको लागि कुनै युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।


आईतवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । देशभित्रै रहेको जलस्रोतको उपयोग गरी उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गनुपर्ने उहाँको भनाई छ ।

उहाँले नेपाललाई संसारकै राम्रो देश बनाउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको पनि बताउनु भयो । पार्टीको यो अभियान महिलाहरु सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव नहुँने उहाँले बताउनु भयो । यसका लागी महिलाहरु आत्मनिर्भर र व्यवसायिक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले राजनिति गर्ने हरेक मान्छेले सानो भएपनि पेशा व्यवसाय गर्नुपर्ने बताउनु भयो । 


उहाँले आफ्नो अवस्थामा हिनतावोध गर्न नहुनेमा पनि जोड दिनुभयो । जिल्ला विकास समितिको सभापति भइसकेपछि पनि आफूले माईक्रोबस चलाएको स्मरण गर्दै उहाँले काम गर्न लाज मान्न नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here