झापाको सुरुङ्गामा एक अज्ञात व्यक्तिको शव फेला, गर्मीका कारण मृत्यु भएको आशंका


९ श्रावण २०८२, बिहीबार १०:३७ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गा क्षेत्रमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

अत्यधिक गर्मीका कारण बेहोस भई उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घाँसपात र झाडीले ढाकिएको क्षेत्रको छेउमा ती व्यक्ति लम्पसार अवस्थामा फेला परेका हुन्।

मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। प्रहरी उनको परिचय र परिवारको खोजीमा लागेको जनाएको छ। यदि कसैले तस्बिरमा देखिएका व्यक्तिलाई चिनेका छन् वा उनीबारे केही जानकारी छ भने नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here