वैदेशिक रोजगारी जाने महिलाको संख्या वर्षेनी बढ्दै


७ श्रावण २०८२, मंगलवार १६:५८ मा प्रकाशित

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आ.व.०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी महिलाहरु वैदेशिक रोजगारीमा गएको बताउनुभएको छ ।


मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आ.व. ०७७–०७८ मा ६.८७ प्रतिशत, ०७८–०७९ मा ७.७९ प्रतिशत, ०७९–०८० मा ९.३५ प्रतिशत, ०८०–०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको बताउनु भयो ।

महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको भन्दै कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइए पनि अवैधानिक बाटोबाट जाने गरेको बताउनु भयो । उहाँले अवैधानिक रुपबाट वैदेशिक रोजगारीमा जानेहरु विभिन्न शोषण र समस्यामा पर्ने गरेको बताउनु भयो । 


पछिल्लो समयमा संस्थागत रुपले जाने भन्दा व्यक्तिगत रुपमा जाने दर बढिरहेको बताउनु भयो । संस्थागत भन्दा व्यक्तिगत रुपमा जाने श्रमीकहरु बढी ठगिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here