काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई कमजोर बनाउने र आफ्नो फाइदा लिन चाहने शक्तिहरु क्रियाशिल रहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सहकारी बिग्रियो भन्ने भाष्य खडा गरेर देशव्यापी रुपमा सहकारीबारे भ्रम फैल्याएर सहकारीलाई कमजोर काम भइरहेको बताउनु भयो ।
सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरु नै सहकारीको हिमायती बनेर प्रचारमा हिँडिरहेको जिकिर गर्नुभयो । यस्ता कुरामा सजग हुनुपर्ने र सहकारीलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो ।
मन्त्री अधिकारीले केही समस्या आउँदैमा सबै सकियो भन्नेकुरा गलत रहेको बताउनु भयो ।






