रास्वपालाई एमालेको चुनौतिः बोल्दा हेक्का पुर्याउनुहाेस, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्


२५ असार २०८२, बुधबार १४:१२ मा प्रकाशित

काठमाडाै‌‌‌ । नेकपा एमाले सचेतक सुनिता बरालले संसद अफवाह फैलाउने ठाउँ नभएको बताउनुभएको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरु नफर्किएको भन्दै आरोप लगाएपछि सचेतक बरालले यस्तो बताउनुभएको हो । उहाँले संसद गलत कुराको प्रचार गर्ने ठाउँ नभएको बताउनु भयो । गलत टिप्पणी गर्ने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ संसद नभएको जिकिर गर्नुभयो ।

देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै नभइ राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुने बताउनु भयो । बोल्दा हेक्क पुर्याउन बोल्न र भाषा र परिभाषाको ज्ञान सिकेर आउन चुनौति दिनुभयो । 

सचेतक बरालले प्रधानमन्त्रीसँग गएको टिमको फेहरिस्त चाहियो भने फेरि पनि प्रमाणसहित दिन तयार रहेको बताउनु भयो । प्रधानमन्त्रीले देशको गौरव बनाएर आउँदा किन छटपटी भयो ? भन्दै प्रश्न गर्नुभयो । रास्वपाको राष्ट्रप्रेम पटक पटक घटनाक्रमहरु र तथ्य तथ्यांकहरुबाट देखिसकेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here