उत्तरपूर्वी स्पेनमा डढेलोः १८ हजार मानिस घरमै थुनिए


२५ असार २०८२, बुधबार ०९:५१ मा प्रकाशित


जंगलको आगो नियन्त्रण बाहिर जाँदा उत्तरपूर्वी स्पेनका नौ नगरपालिकाहरूमा लगभग १८ हजार मानिसहरू आफ्नो घरहरूमा सिमित छन् । क्याटालोनियाको तारागोना नजिकै ३ हजार हेक्टरभन्दा बढी जंगल जलेर नष्ट भएको आगोसँग सयौं अग्निनियन्त्रकहरू र स्पेनको आपतकालीन सैन्य इकाईका सदस्यहरू लडिरहेका छन् ।

आगलागीको कारण अझै स्पष्ट भएको छैन । पहाडी भूभागमा अग्निनियन्त्रकहरूले कठिन परिस्थितिको सामना गरिरहेका छन् । तापक्रम लगभग ३५ डिग्री सेन्टिग्रेड पुगेको छ । प्रतिघण्टा ९० किलोमिटरभन्दा बढीको गतिमा हावा चलेको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here