कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको लोगो खोसियो


१८ असार २०८२, बुधबार १७:४० मा प्रकाशित


काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताउनुभएको छ ।


बुधवारको समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयक बनाउने क्रममा सांसदहरुले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताउनु भयो । उहाँले जस्ताको त्यस्तै छ भनेर विश्वास गर्दा बीचमा तुहाउने काम भएको बताउनु भयो ।

उहाँले यो गम्भीर प्रकृतिको अपराध भएको र अक्षम्य रहेको बताउनु भयो । छानविनपछि आफ्नो गल्ती भएको प्रमाणित भए कुनैपनि सजाय भोग्न तयार रहेको बताउनु भयो । आफू कसैको निगाहले राजनीतिमा नआएको बताउनु भयो । आफू शहीदको छोरो र चन्दा दिएर सांसद नबनेको बताउनु भयो । 

उहाँले असार २ गते आफ्नो संसदको लोगो खोस्ने र आफूमाथि जाइलाग्ने काम भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here