काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.शेखर कोईरालाले कुलिङ पिरियडमा भएको चलखेल क्षम्य गर्न लायक नरहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले राजनीति गर्ने नभइ गन्धा खेल खेल्ने काम भइरहेको बताउनु भयो । संसदको समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनु गल्ती नभइ अक्षम्य अपराध भएको बताउनु भयो ।
गलत काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कुटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानूनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो ।
तर प्रतिनिधि सभाबाट पास गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति खान पाउने गरी व्यवस्था गरीएको छ । यसको चौतर्फि आलोचना भइरहेको छ ।
सांसद कोईरालाले राजनीति गर्ने क्रममा निष्ठावान हुन जरुरी रहेको बताउनु भयो । अहिले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्थालाई ठिक बनाउन राजनीति नै सबैको गुरु भएको बताउनु भयो । नेपालका राजनीतिज्ञहरु नै ठिक नभएको बताउँदै राजनीति ठिक हुनु जरुरी रहेको बताउनु भयो ।






