रास्वपा र राप्रपाले गरे संसद बैठक बहिष्कार, हट्याे प्रधानमन्त्रीसँगको प्रश्नउत्तर


६ असार २०८२, शुक्रबार १३:०६ मा प्रकाशित

काठमाडाैं । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। आफ्ना माग सम्बोधन नभएको भन्दै दुई दलले शुक्रबारको संसद् बैठक बहिष्कार गरेका हुन् ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको थियो । तर, रास्वपा र राप्रपाले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम हटाएका थिए ।

सदन सुरू भएलगत्तै रास्वपाले कुर्सीबाट उठेर विरोध जनाएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले प्रश्नउत्तर कार्यक्रमलाई ‘विशेष कारण’ भन्दै कार्यसूचीबाट हटाएका थिए। प्रश्नउत्तर सभामुख घिमिरेले सांसद अमरेशकुमार सिंहलाई बोल्न अनुमति दिएपछि रास्वपा र राप्रपाले सदन छाडेर हिँडेका हुन्।

प्रधानमन्त्री ओली उपस्थित शुक्रबारकाे बैठकमा रास्वपाका सांसदहरू विराेध स्वरूप कालो पोशाक र निलो स्कार्फ लगाएर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here