काठमाडौं । नेपाली काँग्रसले वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रमका शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका सभापति कल्याण गुरुङले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सबै एकजुट हुनुपर्न बताउनु भयो ।
पृथ्वी जोगाउनु सबैको कर्तव्य भएको बताउनु भयो । विानाशलाई पर्खिनु भन्दा केही गरेर असर न्युनिकरणका लागि पहल गर्न जरुरी रहेको र त्यही उद्देश्यबाट यो कार्यक्रम शुरु गरिएको बताउनु भयो । विपद् व्यवस्थापन सम्बन्धी नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिने तालिममा सहभागी गराइने बताउनु भयो ।
उहाँले तालिम प्राप्त जनशक्तिलाई देशमा कतै जाँदा पनि फरेस्ट, इन्भायरोमेण्ट र क्लाइमेट चेन्जको विषयमा सिकाउनसक्ने जानकारी दिइने बताउनु भयो ।