काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशलाई बनाउने भए पुनः एकपटक नेकपा (माओवादी केन्द्र) लाई बहुमतको सरकार बनाउने गरी समर्थन गर्न आह्वान गर्नुभएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताउनु भयो ।
उहाँले आवश्यकता परे जनसंघर्षको नेतृत्व गर्ने ठाउँमा पु¥याउन पनि जनसंघर्षमा सामेल हुनेगरी सहयोग गर्नुपर्ने बताउनु भयो । पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहेको बताउनु भयो । उहाँले पार्टी प्रवेशको लहर पनि बढेको दाबी गर्नुभयो ।
भ्रष्टाचारीलाई रक्षा गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन माओवादी केन्द्र नेतृत्वको सरकार ढालेको आरोप लगाउनु भयो । उहाँले अहिलेको सरकार भ्रष्ट र निरंकुस सरकार रहेको जिकिर गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामहरु रोक्ने प्रयत्न भइरहेको बताउनु भयो । संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो पूरा गर्न दबाब दिनुपर्ने बताउनु भयो ।