संयम हुन आग्रह गर्दै शान्तिको कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाईं रोकियोः प्रधानमन्त्री ओली


२९ बैशाख २०८२, सोमबार १४:४८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयम हुन आग्रह गर्दै हात हालाहालको स्थिति लडाईंमा परिणत नहोस् भनेर कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाईं रोकिएको बताउनुभएको छ ।


सोमवार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस –२०८२ को अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही दिनअघि मात्रै छिमेकी मुलुक भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना भएपनि त्यो अघि बढ्न नपाएको बताउनु भयो ।

उहाँले लडाईं अगाडी नबढोस् भनेर कामना गरेको बताउनु भयो । उहाँले भारत र पाकिस्तानले लडाईंमा जान नदिने प्रतिवद्धता व्यक्त गरेको बताउँदै उहाँले संयमताका लागि दुवै मुलुकलाई धन्यवाद दिनुभयो ।

उहाँले फेरि पनि दुवै देशबीच केही आरोप/प्रत्यारोपको स्थिति जारी रहेको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताउनु भयो । उहाँले व्यक्तिको आफ्नो मनस्थिति, पारिवारिक र सबै कुराको लागि शान्तिको महत्व रहेको धारणा राख्नुभयो ।  


उहाँले बुद्धले उपदेशहरूमार्फत दिएको शिक्षा विश्वका लागि धेरै महत्वपूर्ण रहेको जिकिर समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here