काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउने प्रयत्न भइरहेको भन्दै स्वीकार्य नहुने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाली समाजमा थुप्रै विकृतिहरु फैल्याउने, आयातित विकृतिहरुको डंगुर डम्पिङ साइट बनाउन खोजिएको बताउनु भयो । त्यो नेपालीलाई मञ्जुर नरहेको र नहुने बताउनु भयो ।
नेपाललाई सांस्कृतिक र सामाजिक हिसावले पनि विकृतिहरुको डम्पिङ साइट बन्न नदिने बताउनु भयो । उहाँले नेपाल स्वतन्त्र मुलुक भएको उल्लेख गर्दै यसमा गर्व गर्नुपर्ने बताउनु भयो । नेपालको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने बताउनु भयो ।
यसलाई कायम राखेर सग्लो नेपाल सन्ततिलाई अझ विकसित बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनु भयो । आफूहरुले देशको सीमा र सम्मान खुम्चिन नदिने बताउँदै आन्तरिक रुपमा पूर्वाधार लगायतको विकास गर्न जरुरी रहेको बताउनु भयो । सरकार आर्थिक, पूर्वाधार विकासमा लागिरहेको पनि बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपाली समाज सभ्य, सुसंस्कृत समाज भएकाले यसलाई कायम राखेर अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।