काठमाडौंमा आज पनि सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन


२५ चैत्र २०८१, मंगलवार १३:११ मा प्रकाशित


काठमाडौं ।
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलवार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।


मंगलवार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरुलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरुको वचत अपचलन गर्ने ठगहरु विश्वासघातीहरुको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरुलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो ।

सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता प्लोकार्ड बोकेर नाराबाजी गरेका छन् । उनीहरुले सोमवार पनि शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म पुगेर प्रदर्शन गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here