शिक्षकहरुको जायज माग पूरा हुन्छः प्रधानमन्त्री ओली


२४ चैत्र २०८१, सोमबार १६:२१ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुको माग सरकारले सम्बोधन गर्ने बताउनुभएको छ ।


सोमवार काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा भइरहेको आन्दोलन, आगजनी तथा तोडफोटका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने बताउनु भयो ।

उहाँले विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको बताउनु भयो । उहाँले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन आह्वान गर्नुभयो । शिक्षकहरुको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा आन्दोलन गरेर सरकारसमक्ष आफ्ना माग राख्ने अधिकार भएपनि अनावश्यक आन्दोलन उचित नभएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here