मेहनतबाट नै देश निर्माण हुन्छः सांसद महत


२१ चैत्र २०८१, शुक्रबार १२:०२ मा प्रकाशित


काठमाडौैं ।
नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेहनतबाट नै देश निर्माण हुने बताउनुभएको छ । 


शुक्रवार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक वृत्तमा पनि मेहनतको खाँचो रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारी तथा गैरसरकारी क्षेत्रमा पनि इमान्दारिता र मेहनतको खाँचो रहेको बताउनु भयो । उहाँले सत्तामा रहे पनि वा नरहे पनि नेपाली काँग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने बताउनु भयो ।

सजिलो हुँदा अघि बढ्ने र असहज हुँदा पन्छिने नयाँ राजनीतिक दलहरुबाट अधिकारको रक्षा हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले भएका कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताउनु भयो । 

नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका सांसद महतले वित्तीय संस्था सम्बन्धी जोडिएका विषयहरुमा पनि गम्भीरताका साथ हेरिरहेको बताउनु भयो । वित्तीय संस्था कर्मचारी संघले अधिकार र जिम्मेवारीलाई सँगै लिएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । जनताको महत्वकांक्षाअनुसार सुविधा प्रदान गर्न सक्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here