काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शनिवार विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मानिस भएपछि एकले अर्कोलाई प्रेम गर्नुपर्ने र नेपालीहरु एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले परस्परमा घृणा नभइ विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले ध्यान र योगले भवना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रुपमा अघि बढाउन मद्दत गर्ने बताउनु भयो । उहाँले ध्यान दिवसलाई औपचारिक दिवसको रुपमा मात्रै नभइ वास्तविक जीवन पद्धतिको रुपमा अपनाउने मार्गदर्शनको रुपमा अघि बढाउनुपर्ने बताउनु भयो । आफू तालि बजाउन नभइ काम गरेर परिणाम निकाल्नका लागि सरकारमा रहेको बताउनु भयो । आफू काममा विश्वास गर्ने र कामबाट परिणाम निकाल्नमा विश्वास गर्ने व्यक्ति भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले ज्ञानको मुहान ध्यान भएको उल्लेख गर्नुभयो । उहाँले ध्यान र योगलाई आफ्नो दिनचर्या बनाउन आह्वान गर्नुभयो ।