झापा कपमा आज एनआरटी र चित्लाङ भिड्दै


४ पुष २०८१, बिहीबार १२:१६ मा प्रकाशित

बिर्तामोड । प्रथम झापा कप २०८१ को अन्तिम क्वार्टर फाइनल खेल आज न्यु रोड टिम (एनआरटी) र चित्लाङ फुटबल क्लबबीच हुँदैछ ।

डोमालाल राजवंशी रंगशाला बिर्तामोडमा इलाम गोल्डकपको च्याम्पियन एनआरटी र काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here