नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायर्समा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो ।
जनकपुरका लागि जिमी निशमले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। ओपनरद्वय लाहिरू मिलन्था १२ र आसिफ शेख ११ र शुभ कंसाकार २६ रनमा आउट भए ।
खेलको विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर्समा कर्णाली याक्सको सामना गर्नेछ ।





