स्वर सम्राट नारायण गोपालको ३४ औं स्मृतिमा साहित्य चौतारीद्धारा ५ वटा संस्थासहित सर्जकहरु अभिनन्दित


१९ मंसिर २०८१, बुधबार २०:१५ मा प्रकाशित

बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापा नेपालको आयोजनामा कात्तिक र मंसिर महिनाको मासिक सांगीतिक काव्यसभासहित ३४ औं नारायण गोपाल स्मृति दिवस र साहित्यिक संघसंस्था सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्राज्ञ प्राडा देबी नेपाल र टीका पौड्याल दम्पत्तीलाई अभिनन्दन गरिएको थियो भने लोकदोहरी गायिका कोपिला गौतम पण्डितलाई सम्मान र ३३औं विश्व अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका शिक्षक पदमप्रसाद अधिकारीलाई साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठका आदीगुरू च्याङ्ठू मास्टर स्मृति सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा झापाका कनकाई प्रतिभा प्रतिष्ठान , जयन्द्र प्रसाद प्रसाईं स्मृती साहित्य सेवा कोष , साहित्य संगम आठराई तेह्थुम , कञ्चनजंघा साहित्यिक प्रतिष्ठान ताप्लेजुङ र ईलाम साहित्य संस्कृति कला प्रतिष्ठानलाई संस्थागत अभिनन्दन गरिएको थियो । झापाका कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीबराज सुबेदी तथा पदाधिकारी, जयन्द्र प्रसाद प्रसाईं स्मृती साहित्य सेवा कोषका अध्यक्ष गोपीकृष्ण प्रसाई तथा पदाधिकारी , साहित्य संगम आठराई तेह्थुमका उपाध्यक्ष अम्बिकादेबी थपलिया र पदाधिकारी, कञ्चनजंघा साहित्यिक प्रतिष्ठान ताप्लेजुङका सल्लाहकार रामचन्द्र दाहाल र ईलाम साहित्य संस्कृति कला प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतम र पदाधिकारीले संस्थागत अभिनन्दन ग्रहण गरेका थिए ।

कार्यक्रममा ३४औं नारायण गोपाल स्मृति दिवसको अवसरमा संस्थाका सम्मानित गायक समिर खरेलले नारायण गोपालका दर्जन बढी कालजयी गीत गाएर दर्शक तथा श्रोतालाइ मनोरञ्जन दिलाउनुभएको थियो । अभिनन्दित ब्यक्तित्व प्राज्ञ प्राडा देवीप्रसाद नेपालले आफूलाई अभिनन्दनले देवी दुर्गाको आशीर्वाद प्राप्त भएको बताउंदै साहित्य चौतारीलाई शुभकामना दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here