भारतमा मदिरा सेवनबाट २० जनाको मृत्यु


२ कार्तिक २०८१, शुक्रबार ०९:३६ मा प्रकाशित

भारतको पूर्वी राज्य बिहारमा अवैध मदिरा सेवन गरेपछि गत तीन दिनमा २० जनाको मृत्यु भएको छ । धेरैलाई अस्पतालमा भर्ना गरिएको छ ।

राज्यको सिवान जिल्लामा १५ जनाको मृत्यु भएको छ भने सारण जिल्लामा ५ जनाको मृत्यु भएको छ । अवैध मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या पुष्टि गर्दै बिहारका प्रहरी महानिर्देशक आलोक राजले अवैध मदिरा आपूर्ति गरेको आरोपमा हालसम्म १२ जनालाई पक्राउ गरिएको बतउनु भयो ।

केही अनलाइन मिडिया रिपोर्टहरूले मृतकको संख्या ३६ पुगेको दाबी गरेका छन् । बिहारमा अप्रिल २०१६ देखि मदिराको विक्री र उपभोगमा प्रतिवन्ध लगाइएको छ । तर अवैध रूपमा राज्यभर मदिरा विक्री हुने क्रम जारी छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here