भारतीय वायुसेनाको प्रदर्शनका क्रममा गर्मीले ५ जनाको मृत्यु


२३ आश्विन २०८१, बुधबार ११:०१ मा प्रकाशित


दक्षिणी भारतीय शहर चेन्नईमा भारतीय वायुसेना शोमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँच जनाको मृत्यु भएको छ । अन्य धेरैलाई अस्पतालमा भर्ना गरिएको छ । आईएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा शहरको मरीना बिचमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए ।

नयाँ दिल्लीस्थित टेलिभिजन समाचार च्यानल एनडीटीभीले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको दिन आयोजित कार्यक्रमको दर्शकको क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको बताएको छ । भीडले समुन्द्र तटको वरिपरि ग्रिडलक निम्त्याएको बताइएको छ ।

सँगै दर्शकहरूलाई घटनास्थलमा पुग्न लामो दूरी हिँड्नुपरेको थियो । प्रदर्शनपछि सार्वजनिक सवारीसाधन लिन वा आफ्नो सवारीसाधन उठाउन जामले भरिएको सडकमा मानिसहरूले ३ देखि ४ किलोमिटर हिँड्नुपरेको बताइएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here