उपत्यकावासीलाई एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न खानेपानी मन्त्री यादवको निर्देशन


२२ आश्विन २०८१, मंगलवार १९:०० मा प्रकाशित


काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ ।


मंगलवार मेलम्चीबाट काठमाडौं पथान्तरण गरिएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा पानी वितरण गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले केयुकेएलले दुई दिन बिराएर पानी वितरण गर्ने भनेपनि अहिले मानिसहरुको चाप कम रहेकाले एक दिन बिराएरै पानी वितरण गर्न आग्रह गरेको बताउनु भयो ।

उहाँले वर्षातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि आजबाट उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको बताउनु भयो । उहाँले तत्काल मेलम्चीबाट १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं उपत्यकामा आउने जनाउनु भयो ।

पानी ल्याउन धेरै चुनौति र कठिनाइ व्यहोर्नुपरेको भन्दै स्थानीयहरुको माग दशैँपछि सिंहदरबारमा बोलाइ संवादबाट पूरा गर्न सरकार तयार रहेको बताउनु भयो । 

मन्त्री यादवसँग स्थानीयवासीले तीन महिनाभित्र मागहरु सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मन्त्री यादवले हेलम्बु र मेलम्चीवासीले आन्दोन गर्नुपर्ने स्थिति आउन नदिने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here