दशैंका लागि इनर व्हीलको सहयोग


२१ आश्विन २०८१, सोमबार १८:५१ मा प्रकाशित

अर्जुनधारा । इनर व्हील क्लब अफ अर्जुनधाराले दशैं मनाउन भन्दै एक महिलालाई सहयोग गरेको छ ।

नेपालीहरुको महान पर्व दशैं घर–घर मा आइसकेको र आर्थिक अभाव भएकाहरुले पनि दशैं मनाउनुपर्छ भन्ने उद्धेश्यका साथ खाद्यन्न सहयोग गरेको इनर व्हील क्लब अफ अर्जुनधारा २०२४–०२५ को प्रेसीडेन्ट विनिता थापा तामाङले बताइन् ।

अर्जुनधारा– ८ की आजि सुब्बालाई खाद्यन्न सामग्री प्रदान गरेको बताइएको छ । उनको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग गरेको जनाइएको छ ।

सहयोग कार्यक्रममा क्लवका अनी कार्की गोम्देन, राधा बुढाथोकी, सुजता तामाङ लगायतको सहभागिता रहेको थियो ।

गत वर्ष गठन भएको क्लबले क्लबमा आबद्ध पदाधिकारी तथा सदस्यहरुको नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धी कार्यक्रमसँगै नगरपालिकाका विभिन्न क्षेत्रमा सामाजिक गतिविधिहरु सञ्चालन गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here