नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य


१९ जेष्ठ २०८१, शनिबार ०७:३८ मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य घटाएको निगमले जनाएको छ।

काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५३ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ भएको छ।

त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५० रुपैयाँ ५० पैसा कायम गरिएको निमगले जनाएको छ।

निगमले हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ। भारतबाट मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको निमगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here