तथ्याङ्कीय कार्यमा संलग्न निकायहरूबिच समन्वय जरुरीः मुख्यसचिव अर्याल


१८ जेष्ठ २०८१, शुक्रबार १०:५५ मा प्रकाशित

काठमाडाैँ । नेपाल सरकारका मुख्य सचिव डा.वैकुण्ठ अर्यालले तथ्याङ्कीय कार्यमा संलग्न निकायहरूकाबिच प्रभावकारी समन्वय प्रणाली विकास गर्नुपर्ने बताएका छन् ।

बिहीवार राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको ‘तथ्याङ्क प्रणाली विकासका लागि राष्ट्रिय रणनीति उच्चस्तरीय सुझाव सङ्कलन गोष्ठि’ मा बोल्दै उनले यस्तो बताएका हुन्। उनले तथ्याङ्कीय कार्यमा संघ, प्रदेश र स्थानीय सरकारका बिचमा समन्वय हुन नसकेको बताए ।

उनले तथ्याङ्क निकाल्दा शुद्ध रूपमा निकाल्नुपर्ने भन्दै तथ्याङ्क प्रमाणिकरण हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको तथ्याङ्क र स्थानीय तहले निकालेको तथ्याङ्क आपसमा नमिलेको भन्दै यसतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here