प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित


२७ चैत्र २०८०, मंगलवार १३:३१ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख घिमिरेले १५ मिनेटपछि बैठक बस्ने गरी संसद बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।

सभामुख घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् । तर सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here