पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष ओली झापामा


१४ चैत्र २०८०, बुधबार १६:२५ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार अपराह्न गृहजिल्ला झापा आइपुग्नु भएको छ ।

बिहीबार र शुक्रबार हुने पार्टीको ११ औं झापा जिल्ला अधिवेशनलाई उद्घाटन गर्न ओली झापा आउनुभएको हो । झापाको बिर्तामोडको अग्रसेन भवनमा अधिवेशन आयोजना हुने भएको छ ।

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले सहभागिता जनाउने एमाले झापाले जनाएको छ ।

अधिवेशनको बन्द सत्रमा कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले राजनीतिक प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन र कार्यालयको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिने एमाले झापाले जनाएको छ ।

आगामी कार्यकालका लागि अध्यक्ष पदमा वर्तमान कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरी र सचिव शिव ढुङ्गेलले इच्छा व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here