महरा केही दिन अस्पतालमै रहने


१० चैत्र २०८०, शनिबार ०८:११ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा केही अस्पतालमै रहने भएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा शुक्रबार रिहा भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वउपसभामुख कृष्ण बहादुर महरा केहीदिन अस्पतालमै रहने भएका हुन् । उनी पक्राउको अवधिमा पनि स्वास्थ्यको कारण देखाउँदै अस्पतालमै बसेका थिए । 

स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार महरा केही दिन अस्पतालमै रहने पारिवारिक स्रोतले बतायो । सरकारी वकिलको सहमतिपछि सीआईबीबाट हाजिर जमानीमा रिहा भएका महरालाई घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या रहेको बताइएको छ । 

इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here