काँग्रेस पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस मनाइँदै


७ चैत्र २०८०, बुधबार ०८:४६ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरिँदैछ ।

स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउण्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो । राणा शासनको बिरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो ।

२०४७ सालको आन्दोलन, २०६२-६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उनको भूमिका महत्वपूर्ण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here