प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ गठधन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताउनुभएको छ ।
शनिवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारको सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको पनि बैठकमा बताउनुभएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री दाहालले पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुले सुशासन र समृद्धिको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गर्नुभएको माओवादी संसदीय दलको कार्यालयले जनाएको छ ।