उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न अध्यक्ष ढकालको माग


२८ पुष २०८०, शनिबार १५:३१ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गर्नुभएको छ ।

शनिवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले आफू जिल्लाका व्यवसायीहरुका कार्यक्रममा र वस्तुगत कार्यक्रमहरुमा जाँदा पनि व्यवसायीहरुले उद्योगी व्यवसायीको मर्यादाक्रम राख्नुपर्ने कुरा गम्भीर रुपमा उठाइरहेको बताउनु भयो ।

उहाँले उत्कृष्ट व्यवसायी सम्मान (सिआईपी) का क्रममा पनि आफूहरुले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै परिस्थिति सहज बनाइदिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गर्नुभयो ।

उहाँले व्यावसायीको सम्मानको लागि सामान्य नीति बनाएर लागू गर्न सकिने बताउनु भयो । यस्तो नीति बनाउन सरकारी खर्च नहुने उहाँको भनाइ छ ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकार उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सरकार सकारात्मक रहेको बताउनु भयो ।

अहिले समग्र मर्यादाक्रमका बारेमा मन्त्रालय र सरकारका अरु निकायहरुको बीचमा छलफल भइरहेको भन्दै कसरी टुंगोमा पुग्ने भन्नेकुराको छलफल जारी रहेको बताउनु भयो ।

उहाँले चाँडै नै उद्योगीहरुको समस्या समाधानका लागि प्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अरु सम्बन्धित निकायहरुसहितको बैठक बोलाउने पनि बताउनु भयो ।

निजी क्षेत्रमा नीतिगत र अन्य समस्याहरु सम्बोधन गर्न १५ दिन भित्र प्रधानमन्त्रीसहितको बैठक बोलाउने प्रतिवद्धता जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here