बिर्तामोड उद्योग वाणिज्य संघ निर्वाचनः व्यवसायी राजकुमार घिमिरे (राजु) उम्मेदवार बन्ने निश्चित


२७ पुष २०८०, शुक्रबार १९:५६ मा प्रकाशित

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी राजकुमार घिमिरे (राजु) उम्मेदवार बन्ने निश्चित भएको छ ।

घिमिरेले संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्ररुपमा उम्मेदवारी दिने मनसाय बनाएको बताउनु भयो । उहाँ हाल संघको वाणिज्य उपाध्यक्ष हुनुहुन्छ ।

वाणिज्य संघ कुनैपनि पार्टीको राजनीति गर्ने थलो नभइ व्यवसायीको हितमा काम गर्ने संस्था हुनुपर्नेमा घिमिरेको जोड छ । आफू पार्टीगत नभइ स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै उहाँले व्यवसायीले यस कुरालाई सकरात्मक रुपमा लिने विश्वास व्यक्त गर्नु भयो ।

व्यवसायीका विभिन्न प्रकारका कर र बैकिंग क्षेत्रका समस्या रहे पनि उनीहरुको हितमा वाणिज्य संघले कुनै काम गर्न नसकेको घिमिरेको गुनासो छ । बैठकमा व्यवसायीका समस्याको बारेमा पटक पटक कुरा उठाउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उहाँले वर्तमान नेतृत्वले राजनीति बाहेक केही गर्न नसकेको बताउनु भयो ।

बिर्तामोड उद्योग वाणिज्य संघलाइ व्यवसायीको हितमा बनाउनको लागि अब आफुहरु अघि बढेको घिमिरेको भनाइ छ । कोभिडको समयदेखि थलिएको बजार हालसम्म उठ्न नसकेपछि धमाधम सटरहरु बन्द हुन थालेको भन्दै यस विषयमा नेतृत्व गम्भिर हुन जरुरी रहेको घिमिरेले बताउनु भयो ।

राज सप्लायर्सका सन्चालक घिमिरे करिब ३० वर्षदेखि व्यवसाय क्षेत्रमा हुनुहुन्छ । हाल अलैंची व्यवसायी महासंघको केन्द्रिय सदस्यसमेत रहनु भएका घिमिरेले लायन्स क्लब अफ अनारमनीको अध्यक्ष हुँदा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत अवार्ड प्राप्त गर्नु भएको थियो ।

व्यवसायी घिमिरे २०५८ सालमा पाँचथरको रवि उद्योग वाणिज्य संघ (शाखा)को सचिब हुनुहुन्थ्यो । व्यवसायी घिमिरे सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here