राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिक माल्यार्पण


२७ पुष २०८०, शुक्रबार १२:५९ मा प्रकाशित

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

शुक्रवार राष्ट्रनिर्माता शाहको सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहति पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर उहाँले पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गर्नुभयो ।

पृथ्वी जयन्तीका अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यस दिनको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here