सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रधानमन्त्रीलाई कति अधिकार दिने भन्नेमा अड्किएको छः सभापति लामिछाने


२६ पुष २०८०, बिहीबार १९:०९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रधानमन्त्रीलाई कति अधिकार दिने भन्नेमा गएर अड्किएको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अड्किएको विषयमा छलफल गरेर टुंग्याउनुपर्ने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री को हुन्छ भनेर पात्रलाई लिएर छलफल गर्ने हो भने निर्णय अर्कै हुने तर अनुहार नहेर्ने भए कानून बनाउन सजिलो हुने बताउनु भयो ।

उहाँलै आफूहरु कानून निर्माणको बहस गर्न खुला रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here