राम बहादुर बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले विहिबार सरकारी वकिल कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेश


२६ पुष २०८०, बिहीबार १३:०० मा प्रकाशित

काठमाडौ । काठमाडौबाट प्रहरी नियन्त्रणमा परेको लिटिल बुद्धको नामले चिनिएका राम बहादुर बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले विहिबार सरकारी वकिल कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेश गरेको छ । उनी विरुद्घ जिल्ला अदालतमा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शेषणको आरोपमा मुद्दा परेको थियो ।

काठमाडौंबाट स्थलमार्ग भएर सर्लाही ल्याइएका अभियुक्त बम्जनलाई प्रहरीले सरकारी वकिलको कार्यालय लगेको थियो । त्यहा“ आवश्यक प्रकृया पुरा गरि बम्जनलाई जिल्ला अदालतमा पेश गरेको हो ।

जिल्ला अदालतमा गोलाप्रथाबाट गरिएको मुद्दा छनौटमा उनको मुद्दा न्यायधिस विष्णु प्रसाद रेग्मीको ईजलासमा परेको थियो । उनको बयानपछि सुनुवाईको काम भइरहेको छ । बम्जन विरुद्घ १२ देखि १४ वर्षसम्म सजायको मागदावी गरि सुनुवाई भइरहेको हो । उनलाई थुना, तारेख वा धरौटीमा राखेर मुद्दाको थुनछेक आदेश न्यायधिसले दिनेछन् ।

सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जर्वर्जस्ती करणी गरेको आरोप लगाउ“दै तपस्वी रामबहादुर बम्जन विरुद्ध बाल यौन शोषणको मुद्दा परेको थियो ।

२०७३ साल साउन २० गते राती ९ बजेर २० मिनेटको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाई सुत्ने कोठामा जवर्जस्ती करणी गरी यौन सन्तुष्टि लिएको र पीडितलाई डर धाक धम्की देखाईएको दायर गरिएको मुद्दामा उल्लेख छ ।

घटना घटेको बेला पीडित बालिका १५ वर्षकी मात्र थिइन् । उनी १८ वर्षकी भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । प्रहरीले अदालतको अनुमती लिएर प्रतिवादी बम्जनलाई पक्राउ गर्न भनिएपनि उनी फरार रहेकाले पक्राउ पर्न सकेका थिएनन् ।

‘बालबालिका सम्बन्धी ऐन २०७५ को ६६ को ३ ले यौन सन्तुष्टि प्राप्त गर्ने बालबालिकालाई प्रयोग गर्ने गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर ग¥यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन वमोजिम जवर्जस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुनेछ, त्यही बमोजिम मौलिक अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को ग बमोजिम १४ वर्ष भन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैदको मागदावी सहित मुद्दा परेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here