लाइसेन्स लिँदाको विनियमावलीअनुसार पेट्रोल पम्प सञ्चालन गर्न पाउनुपर्छः अध्यक्ष प्रधान


२२ पुष २०८०, आईतवार १९:१९ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका पेट्रोल पम्पहरु मापदण्डअनुसार सञ्चालन गर्न भन्दै पठाएको पत्रलाई लिएर छलफल शुरु भएको छ ।

नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएशन लगायतका सम्बन्धित संस्थ र व्यवसायीहरुको छलफल काठमाडौंमा शुरु भएको हो ।

आईतवार छलफलका क्रममा नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले गत हप्ता काठमाडौं महानगरपालिकाले पम्पहरुको विषयमा सुरक्षा, सुन्दरता र शौचालयको विषयलाई लिएर पठाएको पत्रबारे व्यवसायीहरुबीचमा छलफल शुरु भएको बताउनु भयो ।

उहाँले महानगरपालिकाले उपत्यकाका पम्पहरु सानो भएको र मापदण्डअनुसार नरहेकाले मापदण्डअनुसार बनाउन भन्दै पत्राचार गरेकोबारेमा छलफल गरेको बताउनु भयो ।

उहाँले अहिलेको विनियमाली बन्नु भन्दा पहिला नै बनेको पेट्रोल पम्पहरु रहेकाले ती पेट्रोलपम्पहरु हटाउने नभइ सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताउनु भयो ।

उहाँले आफूहरुले पम्प सञ्चालनका लागि विनियमावलीमा टेकेर लिएको लाइसेन्सअनुसार पम्प सञ्चालन गर्न दिनुपर्ने बताउनु भयो ।

उहाँले पम्पमा विनियमावलीअनुसार शौचालय राख्ने र सो शौचालय सार्वजिनक शौचालयको रुपमा रहनुपर्ने कुरालाई आफूहरुले स्वीकार गर्न नसक्ने बताउनु भयो । उहाँले शौचालय आफ्ना उपभोक्ताहरुले मात्रै प्रयोग गर्न पाउने बताउनु भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here