श्रब्य तथा श्रब्यदृश्य सामग्रीको प्रयोग सम्बन्धि सहजिकरण कार्यशाला झापाको विर्तामोडमा सम्पन्न


११ जेष्ठ २०८०, बिहीबार १६:५० मा प्रकाशित

बिर्तामोड । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपरको आयोजनामा श्रब्य तथा श्रब्यदृश्य सामग्रीको प्रयोग सम्बन्धि सहजीकरण कार्यशाला झापाको विर्तामोडमा सम्पन्न भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई झापाको संयोजनमा आयोजना गरिएको एक दिवसीय कार्यशालामा झापा जिल्लाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका विद्यार्थी प्रतिनिधि, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, प्रधानाध्यापक, विषयगत शिक्षकलगायतको उपस्थिति रहेको कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यशालामा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक गोविन्द अर्याल, शाखा अधिकृत रुद्र भट्टराई, रेडियो इन्जिनियर शन्तकुमार महर्जनले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम भर्चुअल कक्षा सञ्चालनका लागि हालसम्म भएका प्रयास, उपलब्धि र प्रभावकारिताको विषयमा केन्द्रित रहेको थियो भने सहभागीको जिज्ञासा, भर्चुअल कक्षा सञ्चालमा देखिएका कमी कमजोरी साथै सुधार गर्नुपर्ने पक्षहरुका वारेमा छलफल भएको थियो ।

भर्चुअल कक्षाबाट विद्यार्थिले हाँसिल गरेको ज्ञान र शिक्षकहरुले प्रयोग गर्ने शैक्षिक सामग्रीका बारेमा सहभागीहरुले राखेको जिज्ञासा निर्देशक अर्यालले प्रष्ट पार्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here